Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


बैतडीमा सुरक्षित प्रसुति सेवा केन्द्रको संख्या १ सय २७ पुग्यो


0
Shares

स्वास्थ्य सूचकांकमा नेपालको छैठौं स्थानमा रहेको बैतडीलाई एक नम्बरमा पुर्‍याउने उद्देश्यअनुसार यहाँका स्वास्थ्यकर्मी तथा सरोकारवालाको पहलमा दोगडाकेदार गाउँपालिका-३ श्रीकोटमा थप एक सुरक्षित प्रसुती सेवा केन्द्र स्थापना गरिएको छ ।

बैतडीलाई पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताए ।

६ वर्षअघिसम्म स्वास्थ्य सूचकांकको ६८ औं नम्बरमा रहेको बैतडी पछिल्लो ५ वर्ष यता लगातार उत्कृष्ठ १० मा पर्दै आएको छ ।