७ असार २०८२, शनिबार | Sun Jun 22 2025


रसुवामा मतपत्र आइपुग्यो


0
Shares

जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार प्रत्यक्ष र समानुपातिक तर्फका दुवै खाले मतपत्र प्राप्त भएको छ ।

नेपाली सेना र नेपाल प्रहरीको सुरक्षामा ल्याइएको मतपत्र जिल्लाका ४५ मतदान केन्द्रका लागि मतदाता नामावलीका आधारमा छुट्याउने कार्य अगाडि बढिसकेको उनले बताए ।

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्य निर्वाचित हुने रसुवामा कूल ३२ हजार ३२२ मतदाता रहेका छन् ।

प्रदेश सभा (क) मा १६ हजार १६७ तथा प्रदेश सभा ‘ख’ मा १६ हजार १५५ मतदाता रहेका छन् । मतदान केन्द्र र आवश्यक सुरक्षा व्यवस्था मिलाई सकिएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बताए । (रासस)