७ असार २०८२, शनिबार | Sun Jun 22 2025


डोल्पामा हेलिकोप्टरबाट पुर्‍याइयो निर्वाचन सामग्री


0
Shares

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका मतपेटिका, मतपत्र, निर्वाचन शिक्षालगायतका निर्वाचन सामग्री जिल्लामा पुगिसकेको मुख्य निर्वाचन अधिकारीको कार्यालयले जनाएको छ ।

मतपत्रसहितका निर्वाचनसम्वन्धी सम्पूर्ण सामग्री सुर्खेतबाट ल्याइएको मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिए ।

निर्वाचनलाई शान्तिपूर्ण, धाँधलीरहित र मर्यादित बनाउन, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेना जिल्लाका ६६ ओटै मतदान केन्द्रमा खटाउने तयारी भइरहेको बताइएको छ । रासस