३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


गर्भवती आमा र नवजात शिशुका लागि ‘सुत्केरी घर’ सन्चालन


0
Shares

स्थानीय अजयमेरु गाउँपालिका वडा नम्बर १ समैजीमा रहेको स्वास्थ्य चौकीमा जनप्रतिनिधिको प्रयासमा सुत्केरी घर (बर्थिङ सेन्टर) सन्चालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ ।

गर्भवती आमा र नवजात शिशुलाई आकालमा मृत्यु हुनबाट जोगाउन र स्वास्थ्य सेवामा उनीहरूको पहुँच बढाउनका लागि सो सेन्टर निर्माण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत दिलबहादुर शाहीले बताए । उनले जनताको पीर–मर्का बुझ्ने र विकासको गतिलाई आवश्यक्ताअनुसार आगाडि बढाउन सक्ने जनप्रतिनिधि आएसँगै समैजीका गर्भवती आमाले स्थानीयस्तरमै सुत्केरी गराउने सेवा पाएका छन् भने ।

जनप्रतिनिधि आएका चार महिनामै विभिन्न विकास निर्माणका कार्य गर्नुका साथै सुलभ सरल तरिकाले सुत्केरी सेवा उपलब्ध गराउन समैजीका महिलाको आवश्यकताअनुसार छोटो समयमा व्यवस्थित सुत्केरी घरको निर्माण गरी सेवा सन्चालन गरिएको गाविस अध्यक्ष उमेश भट्टले बताए ।

गाउँपालिका, वडा, जिल्ला स्वास्थ्य कार्यालयसँगै अन्य सरकारी र गैरसरकारी निकायको आर्थिक सहयोगमा उक्त सेन्टर निर्माण गरी आवश्यक पूर्वाधारको व्यवस्था गरिएकोे समैजी स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण पालले जानकारी गराए । रासस