
भोट माग्नका लागि उम्मेदवारहरुले विभिन्न तरिका अपनाएका छन् । कसैले मतदाताको धान काटिदिएर, कसैले खेत जोतिदिएर त कसैले अरु काम गरेर मतदाता रिझाउने कार्य गरिरहेका छन् ।
रुकुम पश्चिमका प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मा र उनीसँगै हिँडेका नेकपा एमालेका केन्द्रीय सदस्य शेरबहादुर केसीको टोली भने यतिबेला मतदातासँगै नाचेर भोट माग्नमा व्यस्त भएका छन् ।
चुनावी प्रचारका लागि हिँडेको टोलीलाई स्वागत् गर्न आएका स्थानीय विभिन्न झाँकीसँगै नेताहरु पनि नाचेर भोट माग्नमा व्यस्त भएका हुन् ।
उम्मेदवार शर्माले विशेषगरी रुकुममा लोप हुन लागेको प्रसिद्ध मयुर नाच, सिंगारु नाच र पञ्चेबाजासँगै आएको झाँकीमा रमाउँदै भोट मागेका हुन् ।
शर्मासहितले बिहीबार चौरजराहीमा मयुर नाच र पञ्चेबाजासँगै नृत्य गरेपछि मतदाताहरु पनि रमाइलो मान्दै दंग भएका थिए ।
झाँकीसँगै नेताहरु नाच्न थालेपछि मतदाताहरु पनि उत्साहित भएको चौरजहारी नगरपालिकाका स्थानीय ऋषिप्रसाद शर्माले बताए ।
प्रतिक्रिया दिनुहोस्