Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


देवी ज्ञवालीलाई साथमा लिएर दाहाल घरदैलोमा


0
Shares

शुक्रबार भरतपुर–९ मा घरदैलोको क्रममा ईमेज च्यानलसँग कुरा गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले घरदैलोका क्रममा आत्मविश्वास र उत्साह देखिएको भन्दै त्यसबाट नयाँ उर्जा थपिएको बताए ।

अध्यक्ष दाहालले भने, ‘चितवनबासीको मायाले जिल्लाको समग्र विकास र राष्ट्रको विकासका निम्ति थप मेहनत गर्ने प्रेरणा मिलेको मैले महसुस गरेको छु ।’

अध्यक्ष दाहालले बिहीबारदेखि चितवनमा घरदैलो अभियान सुरु गरेका छन् । उनी स्थानीय तहको निर्वाचनमा आफ्नै छोरी रेणु दाहालसँग प्रतिस्पर्धा गरेका एमाले नेता देवी ज्ञवालीलाई साथमा लिएर घरदैलो अभियानमा जुटेका छन् । उनले स्थानीय तहको निर्वाचनमा माओवादीले प्यानल नै जित हासिल गरेको भरतपुरको वडा नं १३ उज्वलनगर चोकमा वाम गठवन्धनको संयुक्त प्रचारप्रसार कार्यालय उद्घाटन गरी स्थानीयको घरदैलोमै पुगेर भोट माग्न सुरु गरेका हुन् ।