
कपिलवस्तुमा २४ वटा दल चुनावी मैदानमा उत्रिए पनि मूख्यतः लोकतान्त्रिक र बामगठबन्धनबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।
मंसिर २१ गते हुन गईरहेको प्रदेश तथा प्रतिनिधी सभा दोस्रो चरणको निर्वाचनमा कपिलवस्तुका ३ वटा निर्वाचन क्षेत्रहरुमा बाम गठबन्धनबाट साझा उम्मेदवार तोकिएका छन् ।
क्षेत्र नं. १ का लागी दोस्रो संविधान सभा निर्वाचनवाट पराजित माओवादीका नेता तथा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनैतिक सल्लाहकार चक्रपाणी खनाल (बलदेव) उम्मेदवार छन् ।
क्षेत्र नं. २ का लागी मधेसी जनताबीच ३ पटक सांसद बनिसकेका पूर्व कानुन मन्त्री बृजेश कुमार गुप्ता र क्षेत्र नं. ३ का लागी पुर्व राजपाका नेता तथा पुर्व भौतिक राज्य मन्त्री ईश्वर दयाल मिश्रा चुनावी मैदानमा छन ।
तीनै उम्मेद्वार आफ्नो जित्ने आधार यस्तो बताउँछन् ।
उता, कांग्रेसका तर्फवाट क्षेत्र नं.१ का लागी दोस्रो संविधान सभा निर्वाचनमा एमालेसंग पराजित कांग्रेसका केन्द्रिय नेता तथा पूर्व पर्यटन मन्त्री एवं भारतका लागी नेपाली राजदुत दीपकुमार उपाध्याय चुनावी मैदानमा छन् ।
त्यस्तै क्षेत्र नं.२ बाट पूर्व सिंचाई राज्य मन्त्री सुरेन्द्रराज आचार्य र क्षेत्र नं. ३ वाट हालै कांग्रेस प्रवेश गरेका पूर्व फोरमका केन्द्रिय सहमहामन्त्री अभिषेक प्रताप शाह मैदानमा आएका छन् ।
राजपा र फोरमका ठुला नेता कांग्रेस, एमालेमा प्रवेश गरेपछि विगतमा कपिलवस्तु कव्जा गरेका मधेसवादी दलको अवस्था अहिले निकै नाजुक वनेको छ ।
मधेसवादी दलको बलियो खम्वा मानिएका वृजेश कुमार गुप्ता, ईश्वर दयाल मिश्रा बाम गठवन्धनमा सामेल हुनु र हालै फोरम परित्याग गरी कांग्रेस प्रवेश गरेका अभिषेक प्रताप शाह उम्मेद्वार बन्नुले पनि चुनानी टक्करमा मधेसी दल जान सक्ने अवस्था देखिदैन ।
जेहोस जित जसको भए पनि निर्वाचनमा मुख्य टक्कर भने कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठबन्धन र एमाले, माओवादी, स्वतन्त्र सहितको बाम गठबन्धनबीच हुने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्