Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


मन्त्री शर्मा चढेको गाडीमा दुईओटा बम प्रहार


0
Shares

पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ गोइरीमा बिहान ९ बजे शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको प्रहरीले जनाएको छ ।

चौरजहारी नगरपालिकाको चुनावीसभा सकेर पूर्वगृहमन्त्रीसमेत रहेका शर्मासहित प्रचार टोलीले सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ आउँदै गर्दा सडकमाथिबाट बम प्रहार भएको हो ।

उच्च सतर्कताका कारण बम प्रहारबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

सबैभन्दा अगाडिको गाडीलाई छोडेर उम्मेदवार शर्मा चढेको गाडीलाई नै लक्षित गरी बम प्रहार भएको जनाइएको छ ।

शर्मा चढेको गाडीको अघिल्लोतिर परेको एउटा बम पड्केन भने अर्काे पड्केको प्रहरीको भनाइ छ ।

पड्केको पनि सडकमा धेरै धुलोमा परेका कारण धेरै असर नभएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

उम्मेदवार शर्माले आफ्नै गाडीलाई लक्षित गरी बम प्रहार गरेको बताए । कसैबाट परिचालित मान्छेले त्यस्तो हर्कत गरेको उनको भनाइ छ ।

प्रहरीले निर्वाचनविरोधी समूहको काम हुनसक्ने अनुमान गरेको छ । अहिलेसम्म बम प्रहार गर्नेकोबारेमा केही जानकारी नआएको जनाइएको छ ।

घटनामा संलग्न समूह वा व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम प्रहार गरेको आशंका गरिएको छ ।

केही दिनअघि सोही पार्टीका कार्यकर्ताले शर्माकै घरमा कालो ब्यानर राखेका थिए ।