शुक्रबार भएको झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र कांग्रेसका जिल्ला कोषाध्यक्ष पेमा तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते नेपालीको सोताङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको तथा तामाङलाई उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ ।
वाम गठबन्धनले पूर्वनिर्धारित् कार्यक्रमअन्तर्गत् सोताङ बजारमा चुनावी जनसभा आयोजना गरेको थियो ।
कार्यक्रम तयारीकाक्रममा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच विवाद भएपछि झडप भएको हो ।
सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी निरीक्षकको संयोजकत्वमा थप प्रहरी टोली घटनास्थलमा पठाएको प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए । रासस





प्रतिक्रिया दिनुहोस्