७ असार २०८२, शनिबार | Sat Jun 21 2025


मतदान गर्न सिकाउँदै निर्वाचन कार्यालय


0
Shares

प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकतर्फका छुट्टाछुट्टै मतपत्रमा मतदान गर्न सिकाइएको थियो ।

निर्वाचनमा मत बदर हुन नदिन मतदाता शिक्षा प्रदान गरी नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत ईश्वर सिम्खडाले जानकारी दिए ।

नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा छाप लगाउन सिकाइएको थियो ।

स्वस्तिक छाप लगाएपश्चात् मत बदर नहुने गरी मतपत्र पट्याउने विधि पनि सिकाइएको थियो ।