Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी


0
Shares

पार्टी अध्यक्ष ओलीको निवासमा शुक्रबार बसेको बैठकले पार्टी अध्यक्ष ओलीको संयोजकत्वमा २७ सदस्यीय कमिटी गरेको पार्टीका पोलिटब्यूरो सदस्य विष्णु रिमालले जानकारी दिए ।

कमिटीका सदस्यमा पार्टीका नेता अमृतकुमार बोहरा, मुकुन्द न्यौपाने, डा. पुष्पराज कँडेल, रिमाल, रघुजी पन्त, वेदुराम भुसाल, डा. विजय पौडेल, अग्नि खरेल, बिन्दा पाण्डे, युवराज कार्की, सावित्री भुसाल र लालबाबु यादव रहेका छन् ।

त्यसैगरी, डा. युवराज खतिवडा, रमेश सिलवाल, हरि फुयाँल, रुद्र नेपाल, केशवप्रसाद बडाल, केदार सञ्जेल, बाबुराम दाहाल, डा. सुमित्रा अमात्य, शर्मिला कार्की, मीना ज्ञवाली, खेमराज पौडेल, विष्णु लम्साल, लोकबहादुर भण्डारी र रामचन्द्र बोहरा रहेका छन् । रासस