७ असार २०८२, शनिबार | Sat Jun 21 2025


झलनाथ खनालको दाबी– वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याउँछ


0
Shares

इलामको लक्ष्मीपुरस्थित दाहालटारमा आज बिहान कार्यकर्तासँगको भेटघाटमा उनले भने, ‘अहिले कम्युनिस्टहरूबीच वाम गठबन्धन भएको देखेर अधिनायकवाद आयो भन्नेहरू नै मुलुकमा अधिनायकवादी शैली अपनाउँदैछन् ।’

इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खनालले मुलुकमा आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउने नयाँ योजनाका साथ वाम एकता गरिएको उल्लेख गर्दै भने, ‘अब देशले छिट्टै निकास पाउनेछ, वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर पाँच वर्षसम्म परिवर्तन ल्याउँछ ।’

देशमा जस्तोसुकै अप्ठ्यारा र अवरोध आएका बेला वाम शक्ति एक भएपछि समाधान भएको स्मरण गर्दै उनले सिद्धान्त र विचार मिल्ने वाम शक्तिबीच एकता हुने र यसले संविधानको पूर्ण कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरे ।

इलाम जिल्ला पर्यटकीय र कृषि क्षेत्रमा अग्रणी जिल्ला मानिएकाले यसको योजनाबद्ध विकासका लागि पहल गर्ने बताउँदै उनले यस क्षेत्रको सडक, विद्युत्, शिक्षा, कृषि क्षेत्रको विकास गर्नेमा आफू प्रतिवद्ध रहेको बताए । (रासस)