झापा क्षेत्र नम्बर–१ को धुलाबारीमा शनिबार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विपक्षी अत्तालिएको बताए ।
‘नेपालका कम्युनिष्ट शक्तिलाई फुटाएर विगतदेखि नेपाली कांग्रेसले चलाउँदै आएको द्वन्द्वको खेतीपाती अब समाप्त हुन्छ’–उनले भने ।
आगामी चुनाव देश विकास गर्ने र देश लुट्नेबीचको प्रतिस्पर्धा भएको उनको भनाइ थियो ।
आत्मनिर्भरताको अभियानलाई रोक्न गरिँदै आएको घेराबन्दी नेपालका कम्युनिस्ट पार्टीबीचको एकताले तोडिएको अध्यक्ष ओलीको धारणा थियो ।
झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका अध्यक्ष ओली चुनावी दौडाहामा आएका हुन् ।
वाम गठबन्धनबाट झापा क्षेत्र नम्बर–१ मा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य सुरेन्द्र कार्की तथा क्षेत्र नम्बर–३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन उम्मेदवार बनेका छन् । रासस





प्रतिक्रिया दिनुहोस्