७ असार २०८२, शनिबार | Sat Jun 21 2025


खोटाङमा मतदाता शिक्षा स्वयंसेवकलाई तालिम


0
Shares

शुक्रबार सदरमुकाम दिक्तेलमा मतदाता शिक्षा प्रशिक्षण तालिमको आयोजना गरेर मतदाता शिक्षा कार्यकर्ता तथा मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनसम्बन्धी उठ्ने जिज्ञासा र अस्पष्टतालाई समाधान गर्दै मतदातालाई निर्वाचनप्रति उत्प्रेरणा जगाउने गतिविधि सन्चालन गर्न मतदाता शिक्षा कार्यक्रम सन्चालन गर्न लागिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।

निर्वाचनप्रति मतदातालाई सचेत र जागरुक बनाउन तालिम प्राप्त स्वयंसेवक शनिबारदेखि जिल्लाका दुई नगरपालिका र ८ गाउँपालिकाका ७९ ओटै वडाका गाउँ–गाउँमा पुग्ने निर्वाचन कार्यालयले जनाएको छ ।

आगामी मंसिर १० गते हुने निर्वाचनका लागि खोटाङमा १३६ मतदानस्थल र १७९ मतदान केन्द्र तोकिएका छन् ।