शनिबार झापाको धुलाबारीमा चुनावीसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले वाम शक्तिहरु नै लोकतान्त्रिक शक्ति भएकाले अरु कुनै लोकतान्त्रिक शक्ति हुनै नसक्ने जिकिर गरे ।
अहिले मुलुकमा लोकतन्त्र र लुटतन्त्रको प्रतिस्पर्धामा नेपाली कांग्रेस लुटतन्त्रको पक्षमा रहेको बताउदै उनले वाम गठबन्धनले अघि सारेको घोषणपत्र उत्कृष्ट भएको बताए ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन वाम गठबन्धनलाई अत्यधिक बहुमतले जिताउन उनले आफ्ना कार्यकर्तालाई रातदिन खट्न निर्देशन पनि दिए ।





प्रतिक्रिया दिनुहोस्