विष्टकोे धार्मिक परम्परानुसार पशुपति आर्याघाटमा दाहसंस्कार गरिएको हो ।
विष्टको पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन पूर्वप्रधानमन्त्रीद्वय लोकेन्द्रबहादुर चन्द र माधवकुमार नेपाल तथा राप्राका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापालगायत विभिन्न दलका नेता सहभागी भएका थिए ।
लामो समयदेखि पेटको क्यान्सर रोगबाट अस्वस्थ्य विष्टको ज्ञानेश्वरस्थित आफ्नै निवासमा शनिबार बिहान १० बजे निधन भएको थियो । उनका दुई छोरा र तीन छोरी छन् ।
दुई वर्षअघि उनका श्रीमती र एक छोराको निधन भएको थियो । काठमाडौंको ठमेलमा जन्मिएका विष्ट चारपटक प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्रको नेतृत्वमा बनेको सरकारमा उपाध्यक्ष रहेका थिए ।
उनलाई नेपाली राजनीतिमा नैतिकवान् नेताका रुपमा चिनिन्छ । रासस





प्रतिक्रिया दिनुहोस्