३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


चिकित्सा शिक्षा अध्यादेशको स्वागत, ‘राष्ट्रपतिलाई धन्यवाद’


0
Shares

विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सुशासन तथा पारदर्शिता ल्याउने विश्वास व्यक्त गर्दै संस्थाले विधेयकको प्रभावकारी कार्यान्वयनका लागि शिक्षा, स्वास्थ्य तथा अन्य मन्त्रालयसित मागसमेत गरेको छ ।

संस्थाका महासचिव चिकित्सक तोशिमा कार्कीद्वारा शनिबार जारी विज्ञप्तिमा संविधानप्रदत्त गुणस्तरीय स्वास्थ्य सेवा पाउने जनताको मौलिक हकलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न ऐनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

आगामी प्रतिनिधिसभाको पहिलो बैठकले ऐनलाई अनुमोदन गर्ने संस्थाले विश्वास लिएको छ । ऐन ल्याउन माग गर्दै १३ औं पटकसम्म सत्याग्रह बसेका प्रा.डा.गोविन्द केसी तथा उनका समूहमा रहेका डा.जीवन क्षेत्री, डा.अधिषेकराज सिंह तथा अधिवक्ता ओमप्रकाश अर्याललाई पनि संस्थाले धन्यवाद दिएको छ । रासस