उम्मेदवारहरु आफैले जित्ने दावी गर्दै प्रचारमा ब्यस्त हुँदा मतदाता भने आ–आफ्नो विश्लेषणमा जुटेका हुन् ।
कैलालीका सबै क्षेत्रमा चुनावी माहोल तातेकै छ । त्यसमध्ये पनि कांग्रेस सभापति एवं प्रधानमन्त्री पत्नी आरजु राणा देउवा उम्मेदवार बनेको क्षेत्र नम्बर ५ मा सबैको ध्यान तानिएको छ ।
जहाँ आरजु राणालाई सिंहदरवारको यात्रा रोक्न बाम गठबन्धनले एमाले नेता नारदमुनी रानालाई मैदानमा उतारेको छ ।
युवा व्यवसायी दिनेशराज भण्डारी त्यही विवेकशिल साझा पार्टीको तराजु बोकेर उत्रँदा प्रतिष्पर्धा रोचक बन्दैछ ।
२०७० को सविंधान सभा निर्वाचनमा प्रधानमन्त्री देउवाले जितेको यही क्षेत्रबाट देउवा पत्नी राणा बिरासत जोगाउन उत्रंदा एमाले नेता राना विजयका साथ नयाँ इतिहास रच्न चाहन्छन् ।
यही चुनावी रस्साकस्सीले व्यापारिक केन्द्र मानिएको धनगढीको माहोल पनि तातेको छ ।
धनगढी उपमहानगरका १९ वटा वडा र कैलारी गाउँपालिकाका दुई वटा वडा समेटेर निर्वाचन क्षेत्र बनाइएकाले पनि चुनावको मूख्य केन्द्र धनगढी नै बनेको छ ।
सुदूरपश्चिमको विकासमा काँग्रेस समर्पित रहेकाले आफ्नो जित कसैले रोक्न नसक्ने विश्वास राणाको छ ।
एमाले उम्मेदवार राना पनि मतदातालाई आफूतिर आकर्षित गर्न सकेसम्मका आश्वासन र प्रतिवद्धता बाँड्दै छन् । आफ्नो एजेण्डाले जनताको मन र निर्वाचन दुबै जित्ने दावी रानाको छ ।
कांग्रेसका राणा र एमालेका रानाको चुनावी एजेण्डा हेर्दा धेरै भिन्न देखिन्न ।
दुबैले विमानस्थल विस्तारदेखि सडक स्तरोन्नतीसम्मका विकास निर्माणको विषयलाई भोट माग्ने आधार बनाएका छन् ।
विवेकशील साझा पार्टी भने विकास निमार्णसँगै युवालक्षित कार्यक्रम बोकेर उत्रिएको दावी गर्दछ ।
४ लाख ६० हजार ५ सय ७८ मतदाता रहेको कैलालीको क्षेत्र नम्बर ५ मै बढी मतदाता छन् ।
यहाँका मतदाताले कस्लाई रुचाउने हो भन्ने यकिन हुन चाहिं मंसिर २१ कुर्नैपर्ने हुन्छ ।





प्रतिक्रिया दिनुहोस्