Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


बामपन्थी गठबन्धनको आगामी सरकारले मुलुकलाई समुन्नत बनाउने: माधवकुमार नेपाल


0
Shares

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार गरिएको चुनावी सभालाई सम्बोधन गर्दै नेता नेपालले प्राकृतिक स्रोतको भरपुर उपयोग गरेरै नेपाललाई समुन्नत राष्ट्रको सूचीमा पु¥याउन सकिने बताएका हुन् ।

उनले वामपन्थी दलहरुबीचको गठबन्धन मुलुककै हितका लागि भएको स्पष्ट पारे । नेता नेपालले वामपन्थी दलहरुबीचको एकताबाट केही शक्ति आत्तिएको र मतदातालाई भड्काउने प्रयास गरिरहेको आरोप लगाए ।

एमाले र माओवादीबीच यसअघिनै गठबन्धन भएको भए मुलुकले काँचुली फेरिसक्ने भन्दै उनले वामगठबन्धनप्रति नेपाली कांग्रेसले लगाउने गरेको आरोपको बहकाउमा नलाग्न व्यवसायीहरुलाई आग्रह गरे ।

अब मुलुकको विकास समृद्धिमा कुनै शक्तिले अवरोध गर्न नसक्ने उनको भनाइ थियो ।