मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिएसँगै विभिन्न दल छाडेर कांग्रेस प्रवेश गर्नेको लर्को लागेको हो ।
आइतबार वेशीशहर–२ पाखाचोकका लोकबहादुर सारु, अमृतबहादुर थापा, धनबहादुर थापालगायत दर्जनौँ कार्यकर्ताहरु नेकपा माओवादी केन्द्र छाडेर कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई लमजुङ जिल्ला प्रतिनिधी सभाका उम्मेदवार दिलबहादुर घर्तीले खादा ओढाएर सदस्यता वितरण गरे ।
कांग्रेसमा प्रवेश गरेकाहरुले कम्युनिष्टहरुले धेरै बोल्ने, काम नगर्ने प्रवृत्ति गरेको भन्दै कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्