Logo २६ पुस २०८२, शनिबार | Sun Jan 11 2026


तर्बुजा किन्ने ग्राहकलाई वालमार्ट स्टोरले ७५ लाख डलर क्षतिपूर्ति दिनुपर्ने


0
Shares

वालमार्ट स्टोरबाट तर्बुजा खरिद गर्ने क्रममा स्टोरको लापरबाहीका कारण चिप्लिएर लड्दा आफ्नो खुट्टा र कम्मर भाँचिएका ५९ वर्षीय पूर्व सैनिक हेनरी वार्करलाई गत बुधबार जर्जीयाका एक अदालतले करिव ७५ लाख अमेरिकी डलर क्षतिपूर्ति  तिर्न वालमार्ट स्टोरलाई आदेश दिएको हो ।

डेलीमेल अनलाइन‘का अनुसार सन् २०१५ जुन २५ मा वार्कर अल्बामास्थित वालमार्ट स्टोरमा तर्बुजा खरिद गर्न गएका थिए । तर्बुजा खरिद गरेर फर्कदै गर्दा भुँईमा राखिएको काठमा उनी अल्झिएर लडेपछि उनको खुट्टा र कम्मर भाँचिएको थियो ।

हप्तामा तीनपटक बास्केटबल खेल्ने वार्करको खुट्टा र कम्मरको हड्डी भाँचिएपछि उनका नीजि वकिलले उक्त स्टोरको लापरबाहीका कारण घटना घटेको भन्दै जर्जीया जिल्ला अदालतमा मुद्धा दायर गरेका थिए ।

मानसिक पीडाबाट गुज्रिएका वार्कर परिवारको सहारामा बसेका छन् ।

गत हप्ता अदालतको १२ जना न्यायधिशको ज्युरीले एक फैसला गर्दै वालमार्ट कम्पनिले वार्करलाई प्रोत्साहनस्वरुप २५ लाख र क्षतिपूर्ति स्वरुप ५० लाख अमेरिकी डलर तिर्न आदेश दिएको हो ।

अदालतद्वारा जारी फैसलामा भनिएको छ, ‘उक्त स्टोरको सिसिटिभि भिडियो फुटेज हेर्दा वार्कर अल्झेर लडेको काठमा अन्य ग्राहकहरु पनि लडेको देखियो, यो घटना वालमार्ट स्टोर कै लापरवाहीका कारण भएको हो ।’

यता, वालमार्ट किनमेल कम्पनिले भने आफ्नो गल्ति स्वीकार्दै क्षतिपूर्ति  दिन राजि भएको तर उक्त रकम निकै धेरै भएकोले पुन अदालतमा अपिल गर्ने बताएको छ । एजेन्सी