काठमाडौंको टेकुमा भएको चुनावी भेलामा सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर–९ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रञ्जितले वाम गठबन्धन क्षणीक भएकोले मुलुकलाई स्थायित्व दिन नसक्ने दावी गरेका हुन् ।
गठबन्धन सत्ता प्रातिको लागीमात्र भएको र गठबन्धन दिगो नहुने उनको दावी थियो । उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेसको नेतृत्व आवश्यक रहेकोले बहुमत दिन सर्वसाधारणलाई आग्रहसमेत गरे ।

कार्यक्रममा सो क्षेत्रका कांग्रेसबाट प्रदेशसभा सदस्यका उम्मेदवार ईन्द्रमान तुलाधर, समानुपातिक उम्मेदवारहरु श्रीमिला सुवाल, समिता खड्गी श्रेष्ठ र नानु बास्कोटालगायतले कांग्रेसले मात्र आन्तरिम राजनीति र बाह्य सन्तुलन मिलाउन सक्ने भएकोले लोकतन्त्रको रक्षा गर्ने सक्ने बताएका थिए ।











प्रतिक्रिया दिनुहोस्