Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


ताप्लेजुङमा चन्द माओवादीका ८ कार्यकर्ता पक्राउ


0
Shares

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले सो पार्टीका मेची अञ्चल ब्यूरो सदस्य सकल लिम्बू, जिल्ला सचिवालय सदस्य राजु दास, जिल्ला सदस्य तथा विद्यार्थी अध्यक्ष गणेश कार्की ढोलीलाई पक्राउ गरेको हो ।

यसैगरी, जिल्ला सदस्य ध्रुव मादेन, जिल्ला जनपरिषद उपप्रमुख राकेश दाहाल, जनस्वयंसेवकका जिल्ला कोषाध्यक्ष पूर्ण थलङ, जिल्ला सदस्य प्रेमलाल चौहान र पेम्बा शेर्पालाई पक्राउ गरिएको ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

नेकपाका जिल्ला इन्चार्ज आशिषले भने आफ्ना ९ कार्यकर्ता पक्राउ परेको दाबी गरे ।

उनले प्रहरीले नियन्त्रणमा लिएका आफ्ना कार्यकर्तालाई बिनाशर्त रिहा नगरे निर्वाचनमा भाग लिने उम्मेदवारहरुलाई पनि नियन्त्रणमा लिने चेतावनी दिए ।

केही दिनअघिमात्र विराटनगरबाट सो पार्टीका मेची अञ्चल इन्चार्ज सन्तोष पतंवालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।