Logo ११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026


मन्त्री शर्मा र पुनमाथि बम आक्रमण गर्नेलाई कारबाहीको माग


0
Shares

वाइसीएल अध्यक्ष दीप शिखा र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले सोमबार संयुक्त विज्ञप्ति निकाली शर्मा र पुनमाथि लक्षित गरिएको बम आक्रमणको भर्त्सना गदै सरकारसँग कारबाहीको माग गरेका छन् ।

विज्ञप्तिमा दुई नेतालाई लक्षित गरी ज्यानै लिनेसम्मको मनसाय राखी कायरतापूर्ण र शृंखलाबद्ध बम आक्रमण गरिएकोप्रति निन्दा गर्दै ‘वाम गठबन्धनबाट तिल्मिलाएको सरकारले चुनाव बिथोल्न अनेक बहानाबाजी खोजिरहेका बेला त्यसैलाई बल पुग्नेगरी आक्रमण गरिएको’ जनाइएको छ ।

‘जनवादी क्रान्तिका आधारभूत कार्यभार पूरा गरी वाम एकता गर्दै समाजवाद प्राप्तिको दिशामा सिंगो मुलुक एकाकार हुँदै गएको पृष्ठभूमिमा त्यसका प्रमुख अभियन्तामध्येका नेतामाथि भएको यो आक्रमण अत्यन्तै पश्चगामी सोच भएको’ विज्ञप्तिमा उल्लेख छ ।

रोल्पाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका पुनमाथि हालै आक्रमण गरिएको थियो भने केही दिनअघि शर्मालाई निर्वाचन प्रसार–प्रसारकाक्रममा आफ्नो गृहजिल्ला रुकुममा आक्रमण गरिएको थियो ।

पूर्वगृहमन्त्रीसमेत रहेका शर्मा रुकुमबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । रासस