Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


‘वाम गठबन्धन भत्काउन विदेशी शक्तिको चलखेल सुरु’


0
Shares

स्थानीय थलीमा एमाले र माओवादी केन्द्रले आयोजना गरेको संयुक्त निर्वाचन परिचालन कमिटीले आयोजना गरेको संयुक्त अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले वाम गठबन्धनबाट कम्युनिष्टले बहुमतसहित सरकार सन्चालन गर्ने सम्भावनाले विदेशी शक्तिले आत्तिएर गठबन्धन भत्काउन चलखेल गरिरहेको बताएका हुन् ।

‘पाँच वर्ष वामपन्थीको नेतृत्वमा स्थिर सरकार बन्ने र त्यसले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने निश्चित जस्तो देखिएपछि अहिले विदेशी शक्ति गठबन्धन तोड्न सक्रिय भएका छन्’, उनले भने, ‘तर हामी त्यस्ता विदेशी चलखेललाई पराजित गर्दै वाम गठबन्धनलाई जोगाउँदै पार्टी एकता गर्दछौँ ।’

भेलामा माओवादी केन्द्रका सचिवालय सदस्य लेखनाथ न्यौपाने, शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ, गठबन्धनका तर्फबाट प्रदेशसभाका उम्मेदवारद्वय सानुकुमार श्रेष्ठ र मणिराम फुयाँलले राजनीतिक स्थिरताका लागि वाम गठबन्धनलाई जिताउनका आवश्यक रहेको बताए ।

भेलाले प्रतिनिधिसभामा एमालेतर्फबाट समानुपातिक उम्मेदवार सरिता न्यौपानेको संयोजकत्व र माओवादी केन्द्रका नेता प्रकाश गौतमको सहसंयोजकत्वमा दुई हजार २२२ सदस्यीय संयुक्त निर्वाचन प्रचार कमिटी गठन गरेको छ । रासस