Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


महादेवको पूजा गर्दै कांग्रेस उम्मेदवारले गरे घरदैलो अभियान


0
Shares

प्रतिनिधिसभाका उम्मेदवार एवं पूर्वसांसद दीपकप्रसाद कुइँकेल तथा उम्मेदवार प्रदेशसभा २ (क) का लोकेश ढकाल, प्रदेशसभा २ (ख) मनहरि खड्का र समानुपातिककी प्रतिमा गौतमले महादेवको पूजा गर्दै घरदैलो अभियानको प्रारम्भ गरेका हुन् ।

कार्यक्रममा कांग्रेस नेता एवं पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरे, काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, २ नम्बर क्षेत्रीय सभापति उपेन्द्र कार्की, कामपा ९ नम्बर वडा समिति सभापति भीमार्जुन आचार्य र वडा नम्बर ३२ सभापति सुभाषचन्द्र पराजुली, प्रदेश समन्वय समितिका संयोजक शिक्षित पराजुलीलगायतले कांग्रेसले प्रजातान्त्रिक मूल्यमान्यताको रक्षाका लागि निर्वाचन जित्नैपर्नेमा जोड दिए ।

मंगलबार बिहान कामपा वडा नम्बर ९ को घरदैलो कार्यक्रम बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा रामको पूजा गरी सुरु गरिने प्रचारप्रसार समितिका संयोजक कार्कीले जानकारी दिए ।

सो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का नेता माधवकुमार नेपाल प्रतिष्पर्धामा छन् । रासस