Logo ११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026


चुनाव बिथोल्न सरकार र चन्दको पार्टीबीच साँठगाँठ : ओली


0
Shares

उनले सरकार र चन्दको पार्टीबीच चुनाव बिथोल्ने साँठगाँठअन्तर्गत् नै वाम गठबन्धनका उम्मेदवारमाथि मुलुकका विभिन्न स्थानमा बम आक्रमण भइरहेको टिप्पणी गरे ।

वाम गठबन्धनले मंगलबार राजधानीमा गरेको वाम उम्मेदवारको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा चन्दा नदिएकै कारण सरकारले बूढीगन्डकी जलविद्युत् आयोजनाको जिम्मा पाएको चिनियाँ कम्पनी गेजुवाको लाइसेन्स खारेज गरेको आरोप लगाए ।

अध्यक्ष ओलीले कांग्रेससँग कुनै विचार र ‘भिजन’ नभएकाले वाम गठबन्धनप्रति विभिन्न भ्रम फैलाइरहेको आक्षेप पनि लगाए ।

कार्यक्रममा एमाले वरिष्ठ नेता माधव नेपालले समय, देश र जनताको आवश्यकताका कारण वाम गठबन्धन बनेको भन्दै पार्टी एकीकरण हुनेमा आशंका नगर्न आग्रह गरे ।

कार्यक्रममा माओवादी केन्द्रका नेता हितमान शाक्यले वाम एकताले जनतामा उत्साह छाएको दाबी गरे ।