
फाइल तस्बिर
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, समानुपातिक उम्मेदवारसहित नेपाली कांग्रेसका निर्वतमान सांसदको टोलीले मृतकको सम्झनामा मौनधारण पनि गरे ।
सभामा चितवन निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं वनमन्त्री विक्रम पाण्डेले बाँदरमुढे घटना ज्यादै दुःखद् रहेको भन्दै सधैं झूटा आश्वासन दिएर मल्हम नलाग्ने बरु सरकारले नै विशेष राहत प्याकेज ल्याउनुपर्ने बताए ।
कांग्रेस पूर्वसांसद रामकृष्ण घिमिरेले बाँदरमुढे घटनाका पीडित परिवारलाई विशेष राहत प्याकेज ल्याउन लागिपर्ने बताए ।
२०६२ साल जेठ २३ गते बिहान यात्रीले भरिएको बस माओवादीले थापेको विद्युतीय धरापमा पर्दा ३९ जना मारिएका थिए भने ७५ जना घाइते भएका थिए ।









प्रतिक्रिया दिनुहोस्