प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको इलाममा २ लाख ४ हजार ४६ मतदाता छन् ।
मंसिर २१ गते हुने चुनावका लागि इलाममा सरगर्मी बढ्न थालेको छ । उम्मेदवारहरु विकासे एजेन्डासहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।
ठाउँगाउँमा पार्टी प्रवेशसहितका सार्वजनिक कार्यक्रम गर्दै हिँडेका उम्मेदवारहरुले आफ्नो चुनावी प्रचारप्रसार अभियानलाई सशक्त बनाउन सामाजिक सञ्जालको प्रयोग पनि उत्तिकै गर्न थालेका छन् ।
अधिकांश उम्मेदवारका एजेन्डा भने एकै किसिमका छन् । उम्मेदवारहरुले जिल्लाको विकास निर्माणलाई मुख्य प्राथमिकतामा राखेका छन् ।
ठूला राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले पुरानै अनुहारलाई अगाडि सारेका छन् ।
विवेकशील साझा पार्टी, नयाँ शक्ति, संघीय समाजवादी फोरम लगायतका दलले भने नयाँ अनुहारलाई उम्मेदवार बनाएका छन् ।
इलाम १ मा प्रतिनिधिसभामा बाम गठबन्धनबाट एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाली कांग्रेसका स्थानीय नेता भुपेन्द्र कट्टेलको प्रतिस्पर्धा हुने देखिन्छ ।
एमाले नेता खनालले भने जिल्लामा आफूले धेरै काम गरेकाले यस पटक पनि मतदाताले आफूलाई नै रोज्ने बताए ।
क्षेत्र नम्बर २ ख बाट नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवारी दिएका केशव थापाले भने पूर्वाधार निर्माण र विकासलाई कांग्रेसले मुख्य प्राथमिकतामा राखेकाले इलाममा कांग्रेसकै जित हुने दाबी गरे ।
उनले शिक्षा, स्वास्थ्यलगायतका विषयलाई पनि आफूहरुले मुख्य एजेन्डा बनाएको बताए ।
यस्तै क्षेत्र नं. २ बाट प्रतिनिधिसभा निर्वाचनका लागि बाम गठबन्धनबाट उम्मेदवार बनेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलामेली जनताको मन र मुटुमा आफू भिजिसकेकाले यसपटक पनि जनताले काम गर्ने अवसर दिने विश्वास व्यक्त गरे ।

इलाम क्षेत्र नम्बर २ क प्रदेशसभा सदस्य उम्मेदवार डम्बर खड्काले विगतका कामको मूल्यांकन गरेर जनताले सही नेतृत्व चयन गर्नेमा आफू आशावादी रहेको बताए ।
यस्तै क्षेत्र नम्बर २ (ख) बाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्यका उम्मेदवार खगेन्द्र देवानले पनि पूर्वाधार विकास र आर्थिक समृद्धिको योजनालाई अघि सारेका छन् ।
बाम गठबन्धनले प्रदेशसभा निर्वाचन क्षेत्र नं १ ‘क’ मा खिनु लङ्वा लिम्बु र क्षेत्र नं १ ‘ख’ मा काजीमान कागतेलाई उम्मेदवार बनाएको छ ।
निर्वाचन उत्रिएका छन् भने क्षेत्र नं. २ (ख) मा नेकपा माओवादी केन्द्रबाट धिरेन्द्र शर्मा ‘रमण’को उम्मेदवारी परेको छ ।
त्यस्तै नेपाली कांग्रेसका तर्फबाट क्षेत्र नं. १ (क) मा देवेन्द्र राई र १ (ख) मा दुर्गा बराल प्रतिस्पर्धा गर्दै छन् भने क्षेत्र नं. २ (क) मा डम्बर खड्का र २ (ख) मा खगेन्द्र देवान भिड्दै छन् ।









प्रतिक्रिया दिनुहोस्