Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


‘सरकार आफैं उम्मेदवारमाथि आक्रमणको योजनाकार त होइन ?’


0
Shares

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारमा रहेका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि सांघातिक आक्रमण र धम्कीका घटना बढेकाले सुरक्षा माग गरेको हो ।

सो कमिटीका प्रवक्ता विष्णु रिमालले बुधबार जारी गरेको विज्ञप्तिमा पछिल्लो समय पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य, पूर्वमन्त्री तथा भोजपुर–१ बाट प्रदेशसभा सदस्यका उम्मेदवार शेरधन राईमाथि कात्तिक २८ गते बिहान सांघातिक आक्रमण भएको तथा सुनसरी–३ का उम्मेदवार तथा केन्द्रीय सदस्य भगवती चौधरीलाई परिवारका सबै सदस्यमाथि आक्रमण गर्ने धम्की दिइएको जनाइएको छ ।

‘चुनावी अभियानमा अवरोध पुर्‍याउन भएको उक्त आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले कतै सरकार आफैं घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ’–विज्ञप्तिमा भनिएको छ–‘सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित हुन छाडेर आचारसंहिता उल्लंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र भौतिक आक्रमणसमेत गराउन उद्दत हुन थालेको आभाष पछिल्लो घटनाक्रमले देखाएको छ ।’ रासस