Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


चुनावी अभियानकाक्रममा एमालेका राजेन्द्र पाण्डे लडेर घाइते


0
Shares

धादिङको धुनिबेसी नगरपालिका–७ तोप्लाङमा घरदैलो अभियान सकेर बुधबार मजुवा–लिखुतर्फ जाँदै गर्दा उनी बाटोमा गएको पहिरोमा चिप्लिएर लडेको पाण्डेका स्वकीयसचिव दिनेश घिमिरेले जानकारी दिए ।

नौबिसेको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि पाण्डेलाई काठमाडौंको मनमोहन मेमोरियल शिक्षण अस्पतालमा लगिएको छ ।

पाण्डे धादिङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेशसभातर्फ क्षेत्र नम्बर–१ बाट मंसिर १० गते हुने निवार्चनका उम्मेदवार हुन् ।