Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


‘कर्कलोलाई बन्चरो लगाउनु पर्दैन’


0
Shares

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि संयुक्त चुनावीसभाको बुधबार गोरखाबाट प्रारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

गोरखाको पालुङटारमा बुधबार आयोजित चुनावीसभामा अध्यक्ष ओलीले भने–‘चुनावपछि नेपालमा कम्युनिष्ट शासन आयो, आयो । कांग्रेस ढल्यो, बूढो रुख ढल्यो, ढल्यो ।’

नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईप्रति आक्रामकरुपमा प्रस्तुत् भएका ओलीले भने–‘बूढो रुखमा आड लागेर सिसा राखेको प्लास्टिकको आँखा बोकेर केही गर्न सकिँदैन । विकास र समृद्धि ल्याउन सकिँदैन ।’

अध्यक्ष ओलीले आउँदो पुसमा वामपन्थीको सरकार बन्ने दाबी पनि गरे ।

नेता ओलीले गोरखा–२ मा वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता नारायणकाजी श्रेष्ठले जित्ने बताए र भट्टराईप्रति व्यंग्य गर्दै भने–‘कर्कलोलाई बन्चरो लगाउनु पर्दैन ।’

बाबुरामसँग भोट माग्ने नैतिक अधिकार छैन : दाहाल
पालुङटारमा वाम गठबन्धनले गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गोरखामा वाम गठबन्धनका उम्मेदवारले चुनाव जित्ने दाबी गरे ।

उनले गोरखा–२ मा लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका डा. बाबुराम भट्टराईले जनतासँग भोट माग्ने अधिकार नराख्ने बताए ।

अध्यक्ष दाहालले भने–‘चितवन–३ र गोरखा–२ मा नेपाली कांग्रेसका साथीहरूले माओवादीका उम्मेदवारलाई सहयोग गर्नुपर्छ किनभने गिरिजाप्रसाद कोइरालाले मलाई शान्ति–प्रक्रियाको टुंगो लगाउन भन्नुभएको थियो । त्यो पूरा गर्न पनि कांग्रेसले हलो र आँखालाई होइन हँसिया–हथौडामा भोट हाल्नुपर्छ ।’

यसैबीच, वाम गठबन्धनले बुधबार भच्चेक, घैरुङ र आरुघाटमा बृहत् चुनावीसभा सम्पन्न गरेको छ । रासस