बुधबार राजधानीमा भएको पत्रकार सम्मेलनमा उनले बीपीले सोच–विचारसमेत नगरी समाजवाद भनेको दाबी गरे ।
सोसलिष्ट इन्टरनेसनलको सदस्य भएपनि नेपाली कांग्रेस समाजवादविरोधी भएको उनको आरोप थियो ।
ओलीले सरकारको चुनाव सार्ने कुटिल मनसाय देखिएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको माओवादी शिखन्डी भूमिकामा अघि सरेको आरोपसमेत लगाए ।
चुनाव रोकियो भने त्यो दुर्भाग्यपूर्ण हुने भन्दै त्यसको मूल्य सरकार र कांग्रेससमेतले चुकाउनुपर्ने चेतावनी पनि उनले दिए ।
ओलीले बूढीगन्डकी आयोजनाको सम्झौता खारेज गर्ने, विभिन्न नियुक्ति तथा सरुवा–बढुवालगायतका वर्तमान सरकारले गरेका काम वामपन्थी सरकार बनेपछि एकमुष्ट खारेज गर्नेसमेत बताए ।
सो अवसरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले चुनावलाई असहज बनाउन खोजेको आरोप लगाउँदै अहिले भइरहेका आपराधिक घटनाहरु सरकारको साँठगाँठमा भइरहेको संकेत मिलेको दाबी गरे ।
कांग्रेसले अत्तालिएर अधिनायकवाद र निंरकुशताको कपोकल्पित थोत्रो प्रचार गरेको उनको आरोप थियो ।





प्रतिक्रिया दिनुहोस्