Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


कम्युनिस्टको डीएनए नै अधिनायकवाद : लोहनी


0
Shares

जनकपुरधाममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले धर्मनिरपेक्षताको नाममा खुलेआम सांस्कृतिक स्रोत केन्द्रलाई भताभुंग पार्ने क्रियाकलाप भइरहेकाले नेपाललाई वैदिक सनातन हिन्दूराष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिए ।

एक प्रश्नको जवाफमा उनले ‘कम्युनिस्टको डीएनए नै अधिनायकवाद’ भएकाले नेपालका कम्युनिस्टहरू पनि सोही अवधारणालाई लाद्ने खेलमा लागेको विचार व्यक्त गरे ।

विगतमा जनकपुर क्षेत्रबाट शासनमा नेतृत्व गर्नेहरूको संख्या अधिक भएपनि जनकपुर शासक वर्गबाट उपेक्षाको शिकार भएको चर्चा गर्दै उनले आफ्नो दल जनकपुरलाई बृहत् मिथिला संस्कृति तथा अन्तर्राष्ट्रिय सनातन धर्म आध्यात्मिक केन्द्रकारूपमा विकास गर्ने पक्षमा रहेको छ’–भने । रासस