Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


एमाले उम्मेदवार चौधरीलाई धम्की दिएको कुरा निराधार : गच्छदार


0
Shares

बिहीबार टेलिफोनमा राससकर्मीसँग मन्त्री गच्छदारले सो कुरा बताएका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट सुनसरी क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेता गच्छदारले एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट सुनसरी क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिएकी भगवती चौधरीलाई चुनाव प्रचारमा नखट्न धम्की दिएको भन्ने कुरा हल्ला र निराधारमात्र भएको बताए ।

वाम गठबन्धनका उम्मेदवार चौधरीले पैसाको बलमा केही सन्चारमाध्यममा आफूविरुद्ध झुटो हल्ला फैलाएको मन्त्री गच्छदारको भनाइ थियो ।

उपप्रधानमन्त्री गच्छदारले हल्लाको पछि नलाग्न पनि सुनसरी क्षेत्र नम्बर–३ का मतदातासँग आग्रह गरे । रासस