गोरखा नगरपालिका–११ को सिर्दिखोला पुलनजिकै सडकछेउमा बोराभित्र राखिएको बम बिहीबार अपराह्न विस्फोट भएको थियो ।
उम्मेदवार श्रेष्ठको टोलीमा प्रचारका लागि प्रयोग गरिएको एमाले नेता विकलकुमार श्रेष्ठ चढ्ने बा२च ९४६३ नम्बरको गाडीनजिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक प्रकाश अधिकारीकाअनुसार उम्मेदवार श्रेष्ठको प्रचार टोलीका चारजना नुहाइ–धुवाइ गर्न र गाडी धुन सिर्दिखोलामा जानेक्रममा सो बम पड्किएको थियो ।
घटनास्थलमा सिल्भरका टुक्राहरु भेटिएकाले कुकर बम हुनसक्ने अनुमान प्रहरीको छ ।
स्थानीय बासिन्दाले बिहानैदेखि सडकछेउमा बोरा देखेको बताएका छन् ।
कसले–किन बम पड्काएको हो भन्ने खुलेको छैन । नेत्रविक्रम चन्द समूहले निर्वाचन बहिस्कार गरेको हुनाले घटनामा उसको संलग्नता हुनसक्ने अनुमान प्रहरीको छ । रासस





प्रतिक्रिया दिनुहोस्