Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


बागी उम्मेदवार पार्टीबाट निष्काशित


0
Shares

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको स्थायी कमिटीको निर्णयविपरीत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–१ ‘ख’ प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त गर्दै पार्टीबाट निष्काशन गरिएको एमाले कन्चनपुरका अध्यक्ष तारा लामा तामाङले बताए ।

पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य जोशीलाई पार्टी विधानको धारा ४९ (क) को ८ बमोजिम निष्काशन गरिएको उनले बताए ।

पटक–पटक उम्मेदवारी फिर्ता लिन आह्वान गर्दासमेत नमानेपछि जोशीलाई पार्टीबाटै निष्काशन गरिएको बताइएको छ । रासस