
अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
दलहरु अहिले गाउँ केन्द्रित चुनावी अभियानमा छन् । दलका उम्मेदवार र मतदाताले जिल्लामा सुरक्षा सतर्कता बढाउन माग गरिरहँदा जिल्ला प्रशासन कार्यालय रसुवालले भने जिल्लामा सुरक्षा व्यवस्था बलियो बनाईएको जनाएको छ ।
चुनावमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलाई विभिन्न घेरा बनाएर खटाइने प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको भनाइ छ ।
सशस्त्र प्रहरीले मोबाइलको गस्ती गर्ने छ भने निर्वाचनका समयमा कर्मचारी र नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमन गर्ने छ । निर्वाचनमा सुरक्षा दृष्टिले एक मतदानस्थल अतिसंवेदनशील छ भने २१ वटा संवेदनशील र १२ वटा सामान्य छ ।
विस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्