
‘स्वतन्त्र तथा निष्पक्ष निर्वाचन, लोकतन्त्रको मुल आधार’ भन्ने नाराका साथ शुक्रबारबाट खोटाङ सदरमुकाम दिक्तेलमा मतदान तथा मतगणना सम्बन्धि तालिम दिन थालिएको हो । तालिममा जन्तेढुंगा गाउँपालिका, बराहापोखरी गाउँपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिकाका गरि ६ वटा गाउँपालिकाका २ सय जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको सहभागिता रहेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।
खत्रीकाअनुसार बाँकी रहेका रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, साकेला र लामिडाँडा गाउँपालिकाका मतदान तथा सहायक मतदान अधिकृतहरुलाई ३ र ४ गते तालिमको व्यवस्था मिलाइएको छ । ७९ वडा रहेको जिल्लामा मंसिर १० गते हुने निर्वाचनका लागि जिल्लामा १३६ मतदानस्थल र १७९ मतदान केन्द्र तोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस्