
राजनीतिक दल र उम्मेदवारहरुलाई ‘विद्यालय शान्ति क्षेत्र हुन्’ भन्ने भावनाको पालना गर्न दबाब दिने उद्देश्यले विभिन्न ९ ओटा संघ–संस्थाले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा डा. यादवले सरोकारवाला निकायले अरु कुनै विकल्प नदिएकाले विद्यालयमा छिर्नु आयोगको बाध्यता भएको उनको भनाइ थियो ।
उनले वैकल्पिक व्यवस्था नभएकाले कतिपय विद्यालयमै मतगणना गर्नुपर्ने अवस्था रहेको पनि बताए ।
प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन सकिएको पाँच दिनभित्र मतपरिणाम आइसक्ने जानकारी दिए ।
उनले विद्यार्थीलाई कुनैपनि दलको आमसभा र कार्यक्रममा प्रयोग नगर्न दलहरुलाई आग्रह गर्दै यस्तो गरेको पाइएमा कारबाही गरिने चेतावनी दिए ।
विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावकलगायतले कुनैपनि दलको झन्डा नबोक्न विद्यार्थीलाई सम्झाउनुपर्ने पनि उनको सुझाव छ ।
कार्यक्रममा सहभागी विभिन्न दलका नेताले विद्यार्थीको भविष्यमाथि खेलवाड हुनेगरी कुनै राजनीतिक गतिविधि नगरिने प्रतिबद्धता जनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्