Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


स्थानीय तह निर्वाचनमा एक मतदाता बराबर उम्मेदवारको ५ हजार खर्च : अध्ययन


0
Shares

निर्वाचनको समयमा हुने आर्थिक कारोबारसम्बन्धी निर्वाचन पर्यवेक्षण समिति नेपालले शुक्रबार राजधानीमा सार्वजनिक गरेको तथ्यांकअनुसार एकजना मतदाता बराबर उम्मेदवारकोमात्रै ५ हजार खर्च भएको हो ।

अध्ययनले चुनाव व्यक्तिपरक भएको र अनावश्यक तडक–भडकमामात्रै ठूलो रकम खर्च भएको पनि देखाएको छ ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायले निर्वाचनको खर्च डरलाग्दोरुपमा आइरहेको भन्दै राजनीतिक दलहरु र सरकारले यसतर्फ ध्यान नपुर्‍याए थामी नसक्नु अवस्था आउने चेतावनी दिए ।

यस्तै, अनुसन्धानकर्ता विनोद सिजापतीले चुनावको समयमा हुने ठूलो खर्च पारदर्शीसमेत नभएको बताए ।

कार्यक्रमका अरु सहभागीहरुले चुनावमा पैसा हावी हुन थालेकाले यसमा नियन्त्रण गर्ने उपाय नखोज्ने हो भने लोकतन्त्रमाथि नै असर पुग्ने बताएका थिए ।