६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


ताप्लेजुङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण


0
Shares

सदरमुकाम फुङ्लिङमा निर्वाचनका लागि ११४ मतदान केन्द्रमा खटिने २३९ जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुलाई शुक्रबारदेखि तालिम सुरु गरिएको जिल्ल्ला निर्वाचन अधिकारी महेशकुमार ठाकुरले बताए ।

निर्वाचनका लागि ९०२ जना कर्मचारी खटिएको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

सुरक्षातर्फ भने म्यादी प्रहरी ६१०, नेपाल प्रहरी ५६०, सशस्त्र प्रहरी ३३५ र नेपाली सेना ५३५ गरी जम्मा दुई हजार ४० खटिने प्रमुख जिल्ला अधिकारी मोहन जिसीले बताए ।