हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएका कांगे्रस कार्यकर्ताहरु उपेन्द्र मिश्र, सुवेष तामाङ र रामबहादुर राईलाई उपचारका लागि ग्रान्डी अस्पतालमा भर्ना गरिएको छ ।
घाइतेहरुको टाउको, छाती र ढाडमा सामान्य चोट लागेको छ ।
घाइते मिश्रकाअनुसार ककनी गाउँपालिकाबाट चतुरालेतर्फ गइरहेकाबेला गाडीमुनि एकाएक विस्फोट भएको थियो ।
घाइतेहरुको उपचारमा संलग्न डा. चक्रराज पाण्डेले घाइतेहरुको अवस्था सामान्य रहेको र आवश्यक उपचार भइरहेको जानकारी दिए ।
नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ बाट कांग्रेसका उम्मेदवार डा. रामशरण महत र सोही क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’का उम्मेदवार रमेशकुमार महत चुनावी प्रचार–प्रसारमा रहेकाबेला शुक्रबार बिहान उनीहरु सवार गाडीलाई लक्षित गरी बम विस्फोट भएको थियो ।
बिहान १० बजेर १० मिनेट जाँदा गराइएको विस्फोटमा परी कार्यकर्ता चढेको एउटा गाडी ध्वस्त भएको छ । डा. महत भने सकुशल छन् ।
नुवाकोटको चतुरालेमा आयोजित चुनावीसभालाई सम्बोधन गर्न काठमाडौंबाट नुवाकोट जाँदैगर्दा ककनी गाउँपालिका वडा नम्बर–५ अन्तर्गत् डाँडागाउँ, शिकारीचौरमा महतसहितका उम्मेदवारलाई लक्षित गरी बम आक्रमण गरिएको हो ।





प्रतिक्रिया दिनुहोस्