प्रतिनिधिसभा सदस्यका उम्मेदवार तुलाचनको ग १ य ३९६ नम्बरको गाडिमा हिजो साँझ अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । ढुंगाले लागेर जितको अगाडिको सिसा फुटेको छ ।
उपल्लो मुस्ताङको १ साता लामो चुनावी प्रचार–प्रसार र घरदैलो कार्यक्रम सकेर जोमसोमतर्फ फर्किएका तुलाचनको गाडी बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका कागबेनीको होटल ड्रागनको कम्पाउण्डमा पार्किङ गरेर राखेको अवस्थामा ढुंगा प्रहार गरिएको हो ।
तुलाचनले घटनामा नेपाली कांग्रेसको हात रहेको आरोप लगाएका छन् ।





प्रतिक्रिया दिनुहोस्