Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


‘माइनस’ तापक्रमका बीच मुस्ताङमा चुनावी गर्मी, यस्तो छ रौनक (भिडियो)


0
Shares

यस्तै चिसोको प्रभाव हिमाली जिल्ला मुस्ताङमा समेत पर्न थालेको छ । चिसोकै कारण चुनावी गतिविधि प्रभावित बन्ने आशंका भइरहँदा स्थानीयले भने त्यसको कुनै परवाह गरेका छैनन् ।

हिमालपारीको जिल्ला मुस्ताङको तापक्रम माइनसमा झरिसकेको छ । यो समय भनेको यहाँका बासिन्दा तल्लो भेगतर्फ झर्ने बेला हो ।

तर चुनावी सरगर्मी बढेसँगै यो पाली चिसोको अनुभव नभएको स्थानीय बताउँछन् । यहाँ रहेका करिव ४० प्रतिशत स्थानीय चुनाब सकेर बेशी झर्ने योजनामा छन् ।

हिउँ पर्‍यो भने चुनाव नै प्रभावित हुने होकी भन्ने चिन्ता समेत उनीहरुमा छ ।

मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठी भने जाडोले चुनावमा कुनै प्रभाव नपर्ने बताउँछन् । यता, उम्मेद्वारहरु भने अत्याधिक चिसोकै बीच घरदैलो अभियानमा व्यस्त छन् ।

उपल्लो मुस्ताङदेखि तल्लो भेग जोमसोमसम्मै चुनावले धपक्कै छोपेको छ । मुस्ताङमा चार राजनीतिक पार्टीका आठ उम्मेदवार चुनावी मैदानमा छन् ।

जसमध्ये नेपाली कांग्रेस र एमालेले प्रतिनिधि सभा र प्रदेश सभा गरी ३-३ स्थानमा उम्मेदवारी दिएका छन् ।

राप्रपा र राप्रपा प्रजातान्त्रिकले १-१ स्थानमा उम्मेदवारी दिएका छन् । मुस्ताङको ३७ मतदान केन्द्रमा ४ सय ७९ जना सुरक्षाकर्मी खटाईने भएको छ ।