पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिक आइरहेको बेला सरकारले प्रदेशप्रमुख नियुक्त प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव खगराज बरालले जानकारी दिए ।
उनले चाँडै नै सातओटै प्रदेशका प्रमुख नियुक्तिका लागि मन्त्रिपरिषदले टुंगो लगाउने बताए ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेशप्रमुखको नियुक्ति गर्ने कानुनी व्यवस्था रहेको छ ।
प्रदेशसभामा निर्वाचित भएकालाई शपथ खुवाउने मुख्यमन्त्री नियुक्त गर्नेजस्ता कार्य प्रदेशप्रमुखले गर्ने व्यवस्था भएपछि सरकार निर्वाचनअघि नै राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने तयारीमा रहेको छ ।
नेपालको संविधानको धारा १६३ मा प्रदेशप्रमुखसम्बन्धी व्यवस्था रहेको छ ।
प्रदेशप्रमुख राजनीतिक नियुक्ति गर्ने व्यवस्था कानुनमा राखिएको छ । रासस





प्रतिक्रिया दिनुहोस्