शनिबार दिउँसो ३ बजेतिर पौडेललाई लक्षित गरी बम प्रहार भएको हो । बम प्रहारबाट वरिष्ठ नेता पौडेल सवार गाडीको सिसा फुटेको जनाइएको छ ।
पौडेल सवार बा१३च ३७४२ नम्बरको जिपमा बम प्रहार भएको हो ।
पौडेल र उनीसँग रहेका टोलीका सदस्यहरु भने सुरक्षित रहेका छन् । अहिले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी सुनिल मल्ल घटनास्थलतर्फ लागेका छन् ।
वरिष्ठ नेता पौडेल गोरखा र लम्जुङको आमसभामा सहभागी हुन जाँदै थिए ।





प्रतिक्रिया दिनुहोस्