Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


मुलुकलाई सम्पन्न राष्ट्र बनाउन वाम गठबन्धनः नेता नेपाल


0
Shares

संयुक्त वाम गठबन्धनद्वारा कागेश्वरी मनहरा–९ स्थित गोठाटारमा शनिबार आयोजित चुनावी कार्यक्रममा उनले मुलुकमा भएका साधन र स्रोतलाई समुचित परिचालन गरी देश विकासका विभिन्न दृष्टिकोणको स्वरुपलाई पूरा गर्न वाम गठबन्धनसँग आवश्यक कार्यक्रम रहेको बताए ।

स्थानीय तहमा वाम गठबन्धनको अग्रता कायम रहेकाले अव जनताले प्रदेश र प्रतिनिधिसभामा पनि वाम गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिँदै उनले पूर्वाधार निर्माण तथा विकासका योजना कार्यान्वयनमा समन्वय हुनुपर्ने औँल्याए ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहका नेता नेपालले देशको मुहार बदल्नका लागि वाम गठबन्धन गरिएको बताए ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य प्रकाश गौतमले मुलुकमा भ्रष्टाचारको अन्त्य गरी विधिको शासन कायम गर्ने वाम गठबन्धनको प्राथमिकता रहेको उल्लेख गरे । रासस