शनिबार नेपाली कांग्रेस बाजुराद्वारा सदरमुकाम मार्तडीमा आयोजित कांग्रेसको चुनावीसभालाई सम्बोधन गर्दै उनले देशको मुक्तिका लागि आगामी निर्वाचनमा कांग्रेसलाई मतदान गर्न मतदातालाई आह्वान गरे ।
नेपाललाई फेरि प्रयोगशाला बनाउने षड्यन्त्रमा कम्युनिष्टहरु जुटेको उनको भनाइ थियो ।
लोकतन्त्रको संस्थागत विकासका लागि अबको पाँच वर्ष नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने देउवाले बताए ।
बाजुरामा अहिले दुईओटामात्र स्थानीय तह पिछडिएको सूचीमा रहेको भन्दै उनले यहाँका ९ ओटै तहलाई पिछडिएको सूचीमा राखेर अत्यावश्यक सहयोग गर्ने आश्वासन दिए ।





प्रतिक्रिया दिनुहोस्