Logo ९ पुस २०८२, बुधबार | Thu Dec 25 2025


कांग्रेस गौरादह नगर समिति सदस्य शिवाकोटीको दुर्घटनामा परी मृत्यु


0
Shares

झापाको गौरादह–१ निवासी ४५ वर्षीय शिवाकोटीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा शनिबार बिहान उपचारकाक्रममा मृत्यु भएको पार्टीका जिल्ला सभापति यादव सेढाइँले जानकारी दिए ।

तीव्रगतिमा आएको कारले रोकिराखेको शिवाकोटी सवार मोटरसाइकललाई शुक्रबार बिहान पाडाजुंगी–गौरादह सडकखन्डको बेलडाँगी भन्ने स्थानमा ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते शिवाकोटीको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि बिएन्डसी अस्पताल लगिएको थियो ।

ठक्कर दिने कारलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौरादहले नियन्त्रणमा लिएको जनाएको छ ।

शिवाकोटीको आइतबार बिहान स्थानीय किस्नेघाटमा अन्त्येष्टि गरिने भएको छ । रासस